अस्ट्रेलिया : आम चुनावकाे मिति ताेकियाे, १८ मेमा मतदान हुने

सिड्नी– अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले १८ मेका लागि आमनिर्वाचन घोषणा गरेका छन् । बिहीबार निर्वाचन मिति तोक्दै प्रधानमन्त्री मोरिसनले निर्वाचनले आउँदो दशकको अर्थतन्त्रबारे निर्धारण गर्ने बताए ।

आसन्न निर्वाचनमा सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनको लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।

चुनाव घोषणासँगै, दुई कार्यकाल सरकार चलाएको कन्जरभेटिभले नै अबको सत्तामा निरन्तरता पाउला कि जनताले विपक्षी लेबर पार्टीलाई मौका देलान् भन्ने चासो र चर्चाको विषय बनेको छ । 

अस्ट्रेलियाको तल्लो सदन प्रतिनिधिसभामा १५१ सिट छ भने माथिल्लो सदन सिनेटमा ७६ सिट छ । प्रतिनिधिसभाका सबै स्थानमा प्रत्यक्ष चुनाव हुन्छ ।

सिनेटका सदस्य भने समानुपातिक प्रतिनिधित्वसहितको एकल संक्रमणीय निर्वाचन प्रणालीबाट चुनिन्छन् । अन्य देशको माथिल्लो सदनभन्दा अस्ट्रेलियाको सिनेट शक्तिशाली छ । यसले प्रतिनिधिसभासँग महत्वपूर्ण अधिकारहरु ‘सेयर’ गर्दछ । 

आमनिर्वाचनको प्रमुख मुद्दा जलवायु परिवर्तन र आर्थिक व्यवस्था हुने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार ११:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया