बालुवाटार जग्गा किनबेच : विष्णु पौडेलले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ताको दाबी

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएका छन् । सो जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेल पीडित भएकाले उलाई क्षतिपुर्ति दिनुपर्ने उनको भनाइ थियो ।

ललिता निवासको जग्गा किनबेचमा त्यसअघि नै रोक लगाइएको बताउँदै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन ।’  सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए  ।

‘उहाँ फर्जी धन्दामा संलग्न भएको होइन । उहाँ त ठगीमा पर्नुभयो, उहाँ अपराधी होइन,’ मन्त्री बास्कोटाले भने, उहाँ (पौडेल) त पीडित भइसक्नुभो । उहाँले जग्गा किन्नुभयो, जग्गा परेछ नक्कली, उहाँले त क्षतिपूर्ति पाउनुपर्छ ।’





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १५:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया