सुडानमा सैन्य कू

एजेन्सी— झन्डै ३० वर्षमा सत्तामा बसेका राष्ट्रपति ओमार अल बासिरलाई अपदस्थ गर्दै सुडानमा सेनाले कू गरेको छ । अब उसले कम्तिमा पनि दुई वर्ष आफूले सत्ता सम्हाल्ने जनाएको बिबिसीमा लेखिएको छ । 

स्थानीय सरकारी टेलिभिजनमा त्यहाँका रक्षामन्त्रीले यो जानकारी दिएका हुन् । दुई वर्षपछि निर्वाचन गर्ने र लगत्तै सत्ता सुम्पिने सेनाले जनाएको रक्षामन्त्रीले जानकारी दिएका छन् । 

सेनाले सत्ता लिँदै तीन महिनाका लागि संकटकालको पनि घोषणा गरेको छ । सन् १९८९ मा पहिलो पटक राष्ट्रपति बनेका बासिर केही महिना यता भूमिगत छन् ।





  • प्रकाशित मिति : चैत २८, २०७५ बिहीबार १७:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया