एजेन्सी– लन्डनका वैज्ञानिकहरुले एउटा नयाँ अनुसन्धानबाट गुलियो खाँदा जो सुकैको पनि मुड परिवर्तन हुने कुरालाई गलत भएको पत्ता लगाएका छन् । गुलियोले मानिसहरुलाई खुसी बनाउने र कामहरुप्रति सकारात्मक बनाउने यसअघि गरिएका दाबीहरु गलत भएको अनुसन्धानले पत्ता लगाएको हो ।
बर्लिनको हम्बोल्ट विश्वविद्यालयका कोनस्टेंटिनो मंटेटिजसले अनुसन्धानबारे भनेका छन्, ‘आवश्यकभन्दा बढी चिनीले मानिसको मुड मात्रै होइन, स्वास्थ्य पनि खराब बनाउँछ ।’ गुलियोले मानिसलाई क्रोध, सतर्कता तथा थकानबाट टाढा राख्ने नभएर झन् समस्यामा पार्ने १३ सय मानिसमा गरिएको यो अनुसन्धानले पत्ता लगाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।