कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए । एक मत तटस्थ रहेको छ ।
कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका २३ सांसदले विश्वासको मत दिएका हुन् ।
नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।