२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

५० वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै वडाध्यक्ष खनाल

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।

उमेरले ५० वर्ष पूरा भएका खनालले हेटौंडा–११ स्थित निर्मल बहुमुखी क्याम्पस वस्तीपुरबाट परीक्षा दिएका हुन् । उनी विद्यालय पोसाक लगाएर आज बिहानै परीक्षाका लागि परीक्षा केन्द्रमा पुगेका थिए । 



उनले अब पढाइलाई निरन्तरता दिने बताए । ‘मेरो दुई छोरा, श्रीमती र आमाको साथमा बस्छु, परिवारको साथ सहयोगले नै मैले पढाइतर्फ लागेको हुँ,’ खनालले भने । उनको जेठो छोरा सिभिल इञ्जिनियर छन् र कान्छो छोरा बीएस्सी सकेर बसेका छन् ।  

वडाध्यक्ष खनाल बाल जीवन ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनले अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गरेका थिए ।



वि.सं २०५६ मा प्रवेशिका परीक्षा पास गरेका खनालले पढ्ने चाहना र इच्छा हुँदाहुँदै घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन नसकेर पढाइलाई बीचमै छाडेका थिए । 

‘वि.सं २०७८ सालमा कक्षा ११ भर्ना भएँ, ११ पास पनि गरेँ, राम्रोसँग पढेर १२ पास पनि गर्छु,’ उनले भने । दोस्रोपटक पनि वडाध्यक्षमा निर्वाचित खनाल नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । 



  • प्रकाशित मिति : १४ वैशाख, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया