जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान राेकियाे

काठमाडौं– भारतीय एयरलाइन्स जेट एयरवेजले आर्थिक संकट भएपछि आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरेको छ । 

१९९२ काे अप्रिल १ देखि सञ्चालनमा आएकाे जेट एयरवेजले १९९३ मा चार वटा बोइङ ७३७ विमानसँगै पहिलाे उडान सुरु गरेकाे थियाे । 

२०१२ सम्म आउँदा भारतकाे सबैभन्दा ठूलाे निजी  विमान कम्पनी बन्न पुग्याे तर २०१८ काे सुरुवातदेखि याे आर्थिक संकटमा पर्याे । 

जेट एयरवेजले अहिले २६ बैंकबाट ऋण लिएको छ । याे एयरलाइन्सको करिब ८ हजार करोड भारतीय रुपैयाँ ऋण भएको भारतीय मिडियामा उल्लेख छ । याे जेट एयरवेज बन्द भयो भने २३ हजार कर्मचारीको नोकरी जोखिममा पर्ने अनुमान गरिएकाे छ । 

जेट एयरवेज भारतको पुरानो निजी एयरलाइन्स हो । भारतीय सञ्चारमाध्यमका अनुसार जेट एयरवेजले अन्य १० विमानसहित हालसम्म ७९ विमानलाई सेवाबाट हटाएकाे छ ।

जेट एयरवेजसँग अहिले १६ सय पाइलट छन् । तीमध्ये ११ सय पाइलट सनल एभियटर्स गिल्ड (एनएजी) का सदस्य हुन् । 



वित्तिय संकटमा फसेपछि मार्चमा जेट एयरवेजका अध्यक्ष नरेश गाेयलले राजीनामा दिएका थिए । 



  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार ७:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया