नयाँदिल्ली– २२ मार्चमा भाजपा प्रवेश गरी राजनीतिमा होमिएका पूर्वक्रिकेटर गौतम गाम्भीर यतिखेर चुनावी सभाहरुमा व्यस्त छन् ।
बिहीबार जम्मु–कस्मिरका दुई जिल्लाका जनसभामा पुगेका गम्भीरले राज्यका पूर्वमुख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मुफ्तीमाथि निसाना साँधे । यी दुई पूर्वमुख्यमन्त्रीले हालसालै दिएका जम्मु–कस्मिर स्वतन्त्र हुनुपर्ने आशयका बयानमाथि गम्भीरले कडा टिप्पणी गरे ।
‘देशमा अब यस्तोखाले राजनीति सह्य हुनेछैन,’ गम्भीरले भने, ‘र, हामी जम्मु–कस्मिरमा बेग्लै प्रधानमन्त्री बनाउने सपना कहिल्यै पूरा हुन दिनेछैनौँ ।’
गम्भीरले बिहीबार उधमपुर जिल्लाको रामनगर र कठुवा जिल्लाको कठुवा नगरमा जनसभालाई सम्बोधन गरेका थिए ।
कठुवामा पत्रकारहरुसँग कुरा गर्दै गम्भीरले भने, ‘कस्मिरदेखि कन्याकुमारीसम्म भारत एक हो, र जम्मु–कस्मिरका लागि अलग प्रधानमन्त्रीको सपना कहिल्यै पूरा हुनेछैन । हामी सबै कहिल्यै यस्तो हुन दिन्नौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।