logo-img

बझाङमा कांग्रेस-एमालेबीच प्रतिस्पर्धा, कति छ मतान्तर ?
फाइल तस्बिर

बझाङ क्षेत्र नम्बर १ (१) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ८ हजार ४०४ तथा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले ८ हजार १३३ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ सय ७१ को मतान्तर रहेको छ । 

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ७१ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका दीलबहादुर सिंहले २ हजार २५५ मत प्राप्त गरेका छन् । 

अहिलेसम्म बझाङको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छबिसपाथिभेरा, थलारा गाउँपालिका–९, सुर्मा गाउँपालिका र मस्टा गाउँपालिका १, २ र ३ को मत गणना भइसकेको छ ।

अब मस्टा ४, ५, ६ र ७, तलकोट गाउँपालिका र साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी छ । गत शनिबार भएको उपनिर्वाचनमा कुल ६१ हजार ७४८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले भोट खसालेका थिए । 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ७:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया