राखेप सदस्य शम्भु बास्तोलाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु बास्तोलाको निधन भएको छ । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी बास्तोला लडेर गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराति निधन भएको हो ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केहीबेरअघि फेसबुकमार्फत बास्तोलाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी बास्तोला खेलकुद विकासका लागि सक्रिय रहँदै आएका थिए । उनले देशका लागि विभिन्न अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार ९:१४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया