काठमाडाैं– प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्ज वीरबहादुर घलानलाई पक्राउ गरेकाे छ । बिहीबार राती उनीसहित अरु दुई जना पक्राउ परेकेा प्रहरीले बताएकाे हाे ।
मकवानपुरबाट यसअघि पनि विप्लव समूहका नेता कार्यकर्ता पक्राउ परेका थिए । पछिल्लाे समय प्रहरीले पक्राउ परेका विप्लव समूहका नेता तथा कार्यकर्ताबारेका सूचना गाेप्य राख्ने रणनीति लिएकाे छ ।
अहिलेसम्म विप्लव समूहका सबैभन्दा बढी काठमाडाैं उपत्यकाबाट नै पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । गृहमन्त्रालयकाे निर्देशनअनुसार प्रहरीले विप्लवका समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्दै मुद्दा चलाउँदै आएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।