logo-img

केन्द्रमा ३२ सिटे पार्टीलाई प्रधानमन्त्री र प्रदेशमा चारसिटेलाई मुख्यमन्त्री अन्त्य गर्न संविधान संशोधन आवश्यक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने बताएका छन् । 

महेन्द्रनगरमा कार्यकर्ता भेटघाटका क्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको बताए । 

‘यो जुन अस्थिरताको जड छ, यसबाट मुुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनुपर्छ,’ लेखकले भने, ‘हाम्रा कमीकमजोरी छन् । संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।’

उनले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय व्यक्त गरे । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उनको आग्रह  थियो । 

२०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको उनले बताए । ‘दैजी बैल्डाडी, बेलौरी–डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्,’ लेखकले भने, ‘सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।’





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार २२:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया