काठमाडाैं– याे वर्ष गैडा गणना नहुने भएकाे छ । गैंडा संरक्षण कार्ययाेजनाका अनुसार ४ देखि ५ वर्षकाे अन्तरमा गैंडा गणना गर्नुपर्ने हुन्छ तर बजेट अभावका कारण यस वर्ष गैंडा गणना नहुने भएकाे हाे ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ लाग्ने अनुमान थियाे । तर, गैंडा गणनाका लागि सरकारले बजेट नछुट्याएकाले अभाव भएको हो ।
हात्तीको प्रयोग गरेर गैंडाकाे गणना अप्रिल–मे महिनामा गरिन्छ । नेपालमा पछिल्लो पटक सन् २०१५ मा चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, शुक्ला फाँटा र पर्सामा गैंडा गणना गरिएको थियो । त्यतिबेला ६४५ वटा गैंडा भेटिएका थिए ।
तर याे वर्ष प्राकृतिक कारणले धेरै गैंडाकाे मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ९ महिनाको अवधिमा ४१ गैंडा मृत फेला परेका छन् । केही समयदेखि गैंडाकाे चाेरीतस्करी भने राेकिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।