logo-img

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका उनले  पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । 

जसअनुसार पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्त भएका छन् ।

प्रधानमन्त्रीले उपकुलपतिका लागि सिफारिसमा परेका ३/३ जना मध्ये १/१ जनालाई नियुक्त गरेककाे हुन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिले वैशाख १२ र १३ गते उम्मेदवारहरूको प्रस्तुति तथा अन्तर्वार्ता लिएर तीनजनाको नाम सिफारिस गरेको थियो । 

त्यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि समिति बनेको थियो । समितिले प्रा.डा. गौतमसहित तीनजनाको नाम सिफारिस गरेको थियो ।





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया