देउवा– नयाँवर्ष एकताको वर्ष बनाऔँ, पौडेल– वेलैमा महाधिवेशन गरेर काँचुली फेराैँ

पोखरा– प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँवर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् ।

नयाँवर्ष २०७६ को अवसरमा नेपाल महिला संघले गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनतामाझ पुग्नुपर्ने बताए । कास्कीमा संसदीय उपनिर्वाचन हुने भएकाले यहाँ पार्टीलाई झन् एकताबद्ध बनाउनुपर्नेमा उनको जोड रह्यो । 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँवर्षको शुभकामना दिँदै आगामी १० महिनापछि पार्टीको १४औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने बताए । निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने वरिष्ठ नेता पौडेलको चिन्ता छ । 

नेपाल महिला संघलाई पार्टीको बलियो संगठन बनाउन टोल–टोलमा समिति गठन गर्न उनले आग्रह गरे ।





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १२:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया