एम्पायरसँग विवाद गरेका महेन्द्र सिंह धोनीलाई जरिवाना

एजेन्सी– ‘कुल कप्तान’का रुपमा चिनिन्छन् भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी । यसको अर्थ के होइन भने उनी सधैं विवादबाट टाढा हुन्छन् । जारी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सको नेतृत्व गरिरहेका धोनीलाई म्याच फिसको ५० प्रतिशत जरिवाना लागेको छ । यसको कारण चाहिँ उनले राजस्थानविरुद्धको खेलमा देखाएको रिस हो ।

राजस्थानविरुद्धको खेलमा १९ औं ओभरको चौथों बलमा स्टोक्सले गरेको बलिङमा धोनी आउट भएका थिए । पहिले एम्पायरले यो बललाई नो बल दिएका थिए । तर, उनले पछि आफ्नो निर्णय बदले । एम्पायरले यो निर्णय बदलेपछि धोनी रिसाउँदै मैदानबाट बाहिर निस्किएका थिए । त्यसअघि उनको एम्पायरसँग सामान्य विवाद भएको थियो । 

आइपिएलको इतिहासमा धोनी रिसाएको यो पहिलो पटक थियो । तर, यसलाई नियमको उल्लंघन मान्दै धोनीलाई भारतीय क्रिकेट काउन्सिलले जरिवाना लगाएको हो । धोनीले पनि आफ्नो गल्ती स्वीकार गर्दै त्यो जरिवाना तिर्ने बताएका छन् । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १४:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया