विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका छन् ।
उनले आफू षड्यन्त्रको सिकार भएको दाबी गरेका छन् । सन्दीपले समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।