के हो पार्किन्सन ? यसका लक्षण कस्ता छन् ?

एजेन्सी–पार्किन्सन कोषिकासँग सम्बन्धित रोग हो । यो वंशाणुगत रोग हो । यो रोगबाट ग्रसित व्यक्तिलाई हिँड्डुल गर्न र अन्य सामान्य दैनिक कामकाज गर्न असहज हुन्छ । विस्तारै–विस्तारै बढ्दै जाने हुनाले यसलाई प्रोग्रेसिभ डिसअर्डर पनि भनिन्छ । 

यो रोगको खास कारण अहिलेसम्म पत्ता लागेको छैन । हालसम्म भएको अध्ययनले पार्किन्सनको रोग मस्तिष्कमा रहेका न्युरान्स नामका केही नर्भ सेल्स बिस्तारै–बिस्तारै कम वा मृत हुँदै जान्छन् भन्ने देखाएको छ । अप्रिल ११ लाई ‘वल्र्ड पार्किन्स डे’को रूपमा मनाइन्छ ।

यस्ता छन् पार्किन्सनका पाँच लक्षण 

१. आरामसँग बसिरहेका वेला अचानक हात काँप्न थाल्नु । यस्तो भएमा साबधान हुन जरुरी छ । यो कम्पन सुरुवातमा बिस्तारै हुन्छ, तर समयसँगै बढ्दै जान्छ ।

२. सामान्य अवस्थामा हुँदा एक्कासि झट्का (रिंगटा) लाग्नु र सन्तुलन गुम्नु । कैयौँपटक यस्तो भएमा रोगी व्यक्ति अचानक लड्न सक्छ ।

३. कुराकानी गर्दागर्दै अचानक आवाज कम हुनु वा काम्न थाल्नु, भकभकाउनु थाल्नु र बोल्दाबोल्दै बोली लर्बराउन थाल्नु ।



४. पीडित व्यक्तिको मुखबाट धेरै मात्रामा र्याल बहन थाल्नु । खाना खान र निल्न एकदमै गाह्रो हुनु । रोगीलाई छिनछिनमा पिसाब लाग्नु ।

५. पार्किन्सनबाट ग्रसित व्यक्तिको अनुहार अचानक भावशून्य हुन्छ र उसको आँखा ठुल्ठूला हुन्छन् । साथै रोगीमा अत्यधिक पसिना आउन थाल्छ । 



  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १५:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया