काठमाडौं– आफ्नै छोरी बलात्कार गरेको आरोपमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिकाबाट फरार रहेका ३९ वर्षीय ती व्यक्तिलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनलाई नुवाकोटमा आफन्तको घरबाट पक्राउ गरिएको हो । उनलाई चितवन ल्याई अनुसन्धान सुरु गरिएको छ ।
बाबुले पटकपटक करणी गरेको भन्दै उनकै १५ वर्षीया छोरीले केही दिनअघि इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दर्ता गराएकी थिइन् । नुवाकोटबाट पक्राउ परेका उनलाई बिहीबार चितवन ल्याइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।