विभूषण सूचीबाट हटाइयाे घुस्याहा अधिकृतको नाम

काठमाडौं– गत असोजमा सरकारद्वारा विभूषण पाउने सूचीमा राखिएका एक व्यक्तिको नाम अहिले हटाइएको छ । घुससहित पक्राउ परेका कारण ती कर्मचारीको नाम विभूषण सूचीबाट हटाइएको हो ।  

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई उत्कृष्ट कर्मचारी भन्दै यसअघि असोजमा प्रबल जनसेवाश्री दिने निर्णय भएको थियो । सरकारको सो निर्णयको सर्वत्र आलोचना भएपछि उनको नाम हटाइएको हो । 
 
उनी करिब दुई महिनाअघि २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । 
 
हरेक वर्षको पहिलो दिन राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने प्रचलन छ । यस वर्ष पनि विभिन्न क्षेत्रका तीन सय ४३ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान हुने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । सो सूचीबाट श्रेष्ठको नाम हटाइएको गृह मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १७:५५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया