वाइडबडीबाट ६ महिनामा १ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ घाटा

काठमाडौं– बहुचर्चित वाइडबडी जहाज लामो दूरीमा नचल्दा ६ महिनामा १ अर्ब ६६ करोड ३१ लाख नोक्सान भएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५६औँ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । 

विमान ल्याउनका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको पुस मसान्तसम्म तिर्नुुपर्ने सावाँ तथा ब्याजको किस्ता ८० करोड ४२ लाख निगमले तिर्न नसकेको प्रतिवेदनमा उल्लेख छ । निगमले दुवै कोषबाट गरी २२ अर्ब ९० करोड १७ लाख १६ हजार ऋण लिएको थियो । 

दमाम, सिउल, सिड्नी, टोकियो, हङकङ उडाउने भनिएको, तर तोकिएको ठाउँमा उडाउन नसक्दा घाटा भएको प्रतिवेदनमा उल्लेख छ । 

विमानको स्पेसिफिकेसनको फरकले विमानको क्षमता, दक्षता र मूल्यमा हुने फेरबदलको विषयमा प्रश्न उठाउँदै यसअघि संसद्को लेखा समितिअन्तर्गकोे उपसमितिले कैफियत देखाइसकेको थियो । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १८:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया