विप्लव नेकपाका मकवानपुर इन्चार्ज ज्वालासहित दुईजना पक्राउ

हेटौंडा– प्रहरीले विप्लव नेतृत्वको नेकपा समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार राति ज्वालासहित दुईजनालाई पक्राउ गरेको हो । 

नेकपा पार्टीमा लामो समयदेखि रहेका ज्वालालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले बताएको छ । उनलाई हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट पक्राउ गरिएको हो । 

प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई पक्राउ गरेको हो । विनाआधार पक्राउ परेका कारण उनीविरुद्ध के मुद्दा लगाउने भन्नेमा प्रहरी अन्योलमा परेको छ ।

त्यसका लागि प्रहरीले शुक्रबार सरकारी वकिलसँग सल्लाह गर्ने भएको छ । त्यसपछि मात्रै कुन मुद्दा लगाउने भन्ने टुंगो लाग्नेछ । यसअघि मकवानपुरबाट प्रहरीले विप्लव समूहका चारजनालाई कार्यकर्तालाई पक्राउ गरिसकेको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार १९:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया