सुडानमा कू गर्ने सेना प्रमुखले राजीनामा दिए

एजेन्सी– सुडानमा लामो समय देखि सत्ता चलाइरहेका ओमर अल बासिरलाई अपदस्थ गरेका सेना प्रमुखले राजीनामा दिएका छन् ।  अवाद औफले यो निर्णय त्यहाँको सरकारी टिभीमा दिएको एक वक्तव्यमा सुनाएका हुन् । अब सुडानको नेतृत्व अब्देल फताह अब्देलराहमान बुह्रानले सम्हालेका छन् । 

सेनाले राष्ट्रपतिलाई अपदस्थ गरि गिरफ्तार गरेपछि सुडानमा केही दिनयता विरोध प्रदर्शन सुरु भएको छ । विरोध गर्नेहरुले सडक छोड्न नमानेपछि औफले राजीनामा दिएका हुन् । 

त्यहाँको सेनाले आफूहरु दुई वर्ष सत्तामा बस्ने जनाएको छ । दुई वर्षपछि सुडानमा निर्वाचन हुँदै छ । गत डिसेम्बरमा बासिरको विरोध गर्दै सुडानमा प्रदर्शनहरु भएका थिए । त्यसयता त्यहाँ ३८ जनाको मृत्यु भइसकेको छ । 

बिहिबार बासिरलाई सत्ताबाट हटाएपछि सेनाले त्यहाँको सत्ता सम्हाल्ने घोषणा गरेको थियो । तर, बिहिबारबाट नै सुरु भएको प्रदर्शनका कारण सेना प्रमुखले तत्काल राजीनामा दिएका हुन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार ७:१८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया