logo-img

चालक दलका सदस्य बिरामी भएपछि एयर इन्डियाका ७० उडान रद्द

चालक दलका सदस्य बिरामी भएपछि बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडान रद्द वा ढिलाइ भएका छन् ।​

एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो । 



भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो । नागरिक उड्डयन अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् । 

स्वास्थ्य समस्यालाई उद्धृत गर्दै उडान अघि केही वरिष्ठ चालक दलका सदस्यहरूले आफ्नो मोबाइल फोन बन्द गरेको स्रोतहरूले बताएका छन् । वैकल्पिक पाइलट उपलब्ध नभएका कारण उडान  रद्द गर्नु परेको थियो । एयर इन्डिया एक्सप्रेसले परिस्थितिको मूल्याङ्कन गरिरहेको जनाउँदै प्रभावित यात्रुहरूसँग माफी मागेको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्ताले केबिन क्रूको टोलीले मङ्गलबार राति बिरामी भएको रिपोर्ट गरेको परिणामस्वरूप उडानमा ढिलाइ र रद्द भएको बताउनु भयो । घटनाका कारणहरू बुझ्नका लागि चालक दलका सदस्यहरूसँग एयर इन्डिया एक्सप्रेसको टोलीले छलफल गरिरहेको छ ।

यस्तै, घटना गत १ अप्रिलमा भिस्तारा एयरले पनि सामना गर्नु परेको थियो । त्यसबखत पाइलट बिरामी भएकाले सयभन्दा बढी उडान प्रभावित भएका थिए ।  





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया