logo-img

बढ्यो सेयर बजार, होटल तथा पर्यटनको सेयरमा उछाल

होटल तथा पर्यटन उपसमूहको सेयरमूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक बढेको छ । ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । 

होटल तथा पर्यटन उपसमूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो । विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बिमा, व्यापार र अन्य उपसमूह बढेका छन् । घट्नेमा जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह छन् । 

७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ । ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ । १४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
 
दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो । 

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ । उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिष्टिलरीको ७ करोड ३१ लाखको सेयर कारोबार भएको छ ।

सेयरमूल्य बढ्ने कम्पनीमा होल समूहको वर्चश्व छ । ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटिेडको सेयरमूल्य बढेको छ । 
सेयरमूल्य घट्नेमा सर्वाधिक आज पनि कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन् । सबैको लघुवित्त, विन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्तलगायतको सेयरमूल्य घटेको छ । 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया