कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार मात्रै एमालेका हिक्मत कार्कीलाई कोशीकाे मुख्यमन्त्री बनाइएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति दुई दिनकाे म्याद दिएर सरकार गठनको आह्वान गरेका थिए । आजै दाबी पेस गरेका एमालेका कार्कीलाई उनले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
साे नियुक्तिविरुद्ध बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गरेका छन् ।
उनले आफ्नो सरकारलाई निरन्तरता दिन पनि माग गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।