काठमाडौं– स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले सवारीसाधन खरिदका लागि सवा अर्बभन्दा बढी रकम खर्च गरेका छन् । स्थानीय तहले एक वर्षयता चारपांग्रे गाडी तथार मोटरसाइकलमा खरिदमा यति रकम खर्च भएको हो । अझै कतिपय स्थानीय तहले भाडाका सवारी प्रयोग गरेका छन् ।
महालेखा परीक्षकको कार्यालयले नमुना छनोट गरी लेखापरीक्षण गर्दा १७२ स्थानीय तहले २१० वटा चारपांग्रे सवारीसाधन खरिदमा ९० करोड २६ लाख ५३ हजार खर्च गरेको पाइएको छ । यस्तै, २२१ स्थानीय तहले एक हजार ११८ वटा मोटरसाइकल खरिदमा २९ करोड १३ लाख ८५ हजार खर्च गरेका छन् ।
केही स्थानीय तहले आन्तरिक आयबाट सवारी खरिद गरे पनि अधिकांशले विकास निर्माणका लागि दिइने वित्तीय समानीकरण अनुदानको रकम गाडी खरिदमा प्रयोग गरेको पाइएको छ । सवारीसाधन नकिनेका कतिपय स्थानीय तहले गाडी भाडामा लिएर प्रयोग गरेको लेखापरीक्षणका क्रममा पाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।