logo-img

शपथलगत्तै काेशीका मुख्यमन्त्रीले नियुक्त गरे दुई मन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । 

शपथलगत्तै उनले एमाले र माओवादीबाट एक-एक मन्त्री नियुक्त गरेका छन् । एमालेबाट राम रानामगर र नेकपा (माओवादी केन्द्र)बाट गणेश उप्रेती विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री कार्कीले शपथ लिएलगत्तै बिहीबार साँझ नै उनीहरूलाई मन्त्रीको शपथ गराइएको छ । मन्त्रालय भागबण्डामा कुरा नमिले उनीहरूलाई विनाविभागीय मन्त्री बनाइएकाे हाे । 







  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया