वार्ताका लागि किमकाे सर्त– अमेरिका ‘उचित ढंगले’ प्रस्तुत हुनुपर्ने

काठमाडौं– उत्तर कोरियाली नेता किम जोन उङले अमेरिकासँग तेस्रो वार्ताका लागि सर्त राखेका छन् । कोरियाली मिडियाका अनुसार उनको सर्त ‘अमेरिका उचित ढंगले प्रस्तुत हुनुपर्ने’ हो । 

उत्तर कोरियाली मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार एक भाषणमा किमले भनेका छन्, ‘म राष्ट्रिपति ट्रम्पलाई आग्रह गर्छु कि उनी एक यस्तो ‘डिल’ ल्याऊन्, जुन जायज होस्, र दुवै पक्षलाई मन्जुर होस् ।’

अमेरिका र उत्तर कोरिया दुईपटक उच्चस्तरीय बैठकमा बसिसकेका छन् । पहिलोपटक यी दुई देशका सर्वोच्च नेताबीच सिंगापुरमा भेट भयो । ट्रम्प–किम पहिलो भेटमा दुवैले ठूलो सौहार्द देखाए, राम्रो दोस्ती भएको अभिव्यक्ति दिए । 

दाेस्राेपटक ठूलो आशाका साथ भियतनामको हनोईमा भेट गरेका ट्रम्प–किम विना कुनै सम्झौता छुट्टिए । 

निःशस्त्रीकरणका लागि तत्काल आर्थिक प्रतिबन्ध कम गर्नुपर्ने किमको प्रस्ताव ट्रम्पलाई अस्वीकार्य भएकाले वार्ता भाँडिएको ट्रम्पले स्वयं बताए । त्यसयता, यी दुईबीच फेरि वार्ता हुने, नहुने अन्योल छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १६:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया