राष्ट्र बैंकका कर्मचारीलाई भत्तैभत्ता

काठमाडौं– देशमा रोजगारीको संकट भएर युवाहरू दिनानुदिन बिदेसिइरहेका छन् । तर, सरकारमातहतको नेपाल राष्ट्र बैंकका कर्मचारीले तलबबाहेक नै १९ किसिमका भत्ता बुझिरहेका छन् । सरकारले निर्देशिका नै जारी गरेर स्थानीय भत्ता, लुगाभत्ता र महँगी भत्ताबाहेक अन्य भत्ता खारेज गरे पनि राष्ट्र बैंकको हकमा भने यो प्रवधान लागू भएको छैन ।   

नेपाल राष्ट्र बैंकका सबै कर्मचारीले कर्मचारी सञ्चयकोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोषका अलावा ८ किसिमका र विशेष समूहका कर्मचारीले १९ किसिमका भत्ता पाउँदै आएका छन् । 

यसरी कर्मचारीको भत्ताका लागि मात्रै राष्ट्र बैंकको १ अर्ब ३२ करोड खर्च भएको छ । उक्त खर्च तलब खर्चको तुलनामा २२० प्रतिशत बढी हो ।

सरकारले जारी गरेको निर्देशिकाको प्रावधान राष्ट्र बैंकमा लागू नभएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । उसले निर्देशिका सार्वजनिक संस्थानमा समेत लागू हुने उल्लेख रहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताएको छ ।
 





  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १८:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया