नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय र स्थायी कमिटी बैठक आज बस्दैछ । सचिवालय बैठक बिहान साढे १० र स्थायी कमिटी बैठक साढे ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टीको दशौं महाधिवेशन र समसामयिक राजनीतिबारे आजका दुवै बैठकमा छलफल हुने बताइएको छ । खतिवडाका अनुसार केन्द्रीय सचिवालय बैठकमा स्थायी कमिटी बैठकको सञ्चालन र एजेण्डाबारे छलफल हुनेछ ।
स्थायी कमिटीले पनि आसन्न पहिलो महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान र सांगठनिक दस्तावेजमाथि छलफल गर्नेछ । एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।