लुक्लामा विमान र हेलिकाेप्टर ठाेक्किँदा २ जनाकाे मृत्यु

काठमाडाैं– लुक्ला विमानस्थलमा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेकाे उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडाैं ल्याइएकाे छ ।

यसले दुवै विमान क्षतिग्रस्त भएका छन्  विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको थियो ।

यसबारे थप विवरण आउन बाँकी छ । 

 






  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार ९:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया