[अपडेट] लुक्लामा जहाज दुर्घटना , काे–पाइलट र प्रहरीकाे मृत्यु

आइतबार बिहान लुक्ला विमानस्थलबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटना हुँदा काेपाइलट र एक प्रहरीकाे मृत्यु भएकाे छ । पाइलटसहित तीनजना घाइते भएका छन् ।

दुर्घटनामा समिट एयरका कोपाईलट र ड्युटीमा रहेका एक प्रहरीको मृत्यु भएकाे हाे ।

दुर्घटनामा समिट एयरका क्याप्टेन रवीन्द्र रोकाया, एयर हाेस्टेज र धावनमार्गमा रहेका एक प्रहरी घाइते भएका छन्। घाइतेकाे उपचारका लागि काठमाडौं ल्याइएको छ।

समिट एयरको हेलिकोप्टर लुक्लामा पर्यटक छाडेर फर्किने क्रममा टेकअफ गर्न खोज्दा एयरपाेर्टमा राेकिएका हेलिकाेप्टरसँग ठाेक्किएकाे हाे । जहाजमा यात्रु भने थिएनन् । 

उक्त जहाज उड्ने क्रममा धावनमार्गमा चिप्लिएर राेकीराखेको मनाङ र श्री एयरका हेलिकप्टरसँग ठाेक्किएर दुर्घटना भएकाे हाे । ठाेक्किएका दुवै हेलिकप्टरमा पनि क्षति पुगेकाे छ।



 




  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार १०:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया