[अपडेट] लुक्ला विमानस्थल दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे पुष्टि

साेलुखुम्बु– लुक्ला विमानस्थलमा समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर समिट एयरको विमानका एक सहचालक र विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताएका छन् ।

समिट एयरका सहचालक सुजित ढुंगाना, विमानस्थल प्रहरी असई रामबहादुर खड्काकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । अर्का असई रुद्रबहादुर श्रेष्ठकाे उपचारकाे क्रममा निधन भएपछि मृत्यु हुनेकाे संख्या तीन पुगेकाे हाे । 

दुर्घटनामा मनाङ एयरको हेलिकप्टर र समिट एयरको विमानका मुख्य चालक घाइते भएका छन्। उनीहरूकाे काठमाण्डाै‌ंमा उपचार भइरहेकाे छ।

 






  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार १३:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया