एजेन्सी– विश्वको सबैभन्दा ठूलो विमान स्ट्रेटोलन्चले शनिबा क्यालिफोर्नियामा पहिलो पटक आफ्नो उडान भरेको छ । यसको परीक्षण करिब साँढे दुई घण्टासम्म माजावे रेगिस्तानको माथि गरिएको थियो । यसमा ६ बोइंग ७४७ इन्जिन लगाइएको छ ।
यो विमान स्केल्ड कम्पोजिट्स इन्जिनियरिंग कम्पनीले निर्माण गरेको हो । यो विमानले रकेट र उपग्रहलाई अन्तरिक्षमा पुर्याउन सहयोग गर्छ ।
यो दुई एयरक्राफ्ट बडी भएको विमान हो, जसलाई एकआपसमा जोडिएको छ । पंखाको लम्बाइ करिब ३८५ फिट छ । विमान पहिलो उडानमा १७ हजार फिटको उचाइसम्म पुगेको छ । यो क्रममा यसको गति १७० माइल प्रतिघण्टा रहेको छ ।
Today the #Stratolaunch aircraft flew for 2.5 hours over the Mojave Desert, reaching a top speed of 189 mph. Check out the historic flight here: #StratoFirstFlight pic.twitter.com/x29KifphNz
— Stratolaunch (@Stratolaunch) April 13, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।