Sun, 16 Jun, 2019


काँक्राका फाइदै फाइदा
फरकधार / बैशाख १, २०७६

काँक्रा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा मानव शरीरलाई चाहिने पानी र अरु महत्वपूर्ण पोषक तत्व भरपूर मात्रामा पाइन्छ । यूएसडीए का  अनुसार काँक्रामा पोटासियम, फस्फोरस र भिटामिन सी राम्रो स्रोत हो । यसमा आइरन, सोडियम, राइबोफ्लेविन र भिटामिन बी पनि पाइन्छ ।



काँक्रा खानुको फाइदा

यसले शरीरको तौल घटाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ । यसमा ९५ प्रतिशत पानी हुन्छ जसले मेटाबालिज्म बलियो बनाउँछ । यसमा पानीको मात्रा बढी भएकाले तौल बढाउने खालका चीजको प्रयोगबाट बच्न सकिन्छ । 

काँक्राको बोक्राले हड्डिका लागि फाइदाजनक हुन्छ । यसको बोक्रामा धेरै मात्रमा सिलिका हुन्छ जसले हड्डिलाई बलियो बनाउँछ । 

सास फेर्दा मुखबाट आउने दुर्गन्ध हटाउनका उपयोगी हुन्छ । काँक्रामा रहेको तत्व र्यालको उत्पादन बढाउँछ र दुर्गन्ध फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ ।

रक्सी खाएर भोलीपल्ट विहान हुने टाउको दुखाई हुने समस्याको समाधान हुन सक्छ । काँक्रामा धेरै मात्रामा भिटामिन बी, सुगर, इलेक्ट्रोलाइट्स र पानी हुन्छ जसले रक्सी खाइरहेको बेलामा कमी भएका पोषक तत्वको कमी हुन दिँदैन ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्