logo-img

भारतमा लोक सभाको चौथो चरणको मतदान जारी
फाइल तस्बिर

भारतको तल्लो सदन लोक सभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसदका ९६ स्थानका लागि आज मतदान हुँदै छ । 

साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदै छ । 



लोक सभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्यप्रदेशका आठ, पश्चिम बंगालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मिरका एक स्थानमा चुनाव हुँदै छ । 

निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् । 

यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बंगाल कांग्रेसका प्रमुख अधिररञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह (ललन सिंह), टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।

तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोक सभामा ५४३ स्थान छ ।  





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया