logo-img

‘एजुकेशन फेयर’ गर्दै हब इन्टरनेशनल

काठमाडौंको हात्तीसारमा रहेको हब इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ‘एजुकेशन फेयर’ गर्ने भएको छ । आगामी जेठ ५ अर्थात् मे १८ तारिख (शनिबार)मा हबले आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म एजुकेशन फेयरको आयोजना गर्न लागेको हो ।

‘ग्रान्ड मल्टिडेस्टिनेशन एजुकेशन फेयर–२०२४’ नाम दिइएको उक्त फेयरमा बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिरल्याण्ड, अमेरिका, दुबई, भारत र आयरल्यान्डका ३० भन्दा बढी शैक्षिक संस्थाहरूका प्रतिनिधिले सहभागिता जनाउनेछन् । ती प्रतिनिधिले विद्यार्थीका जिज्ञासा मेटाउनेछन् ।

उक्त फेयरमा सहभागी भएर विद्यार्थी र अभिभावकले उच्च शिक्षाबारे निःशुल्क परामर्श लिन सक्नेछन् । हब इन्टरनेशनल एजुकेशनले आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीले सिधै विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग कोर्स, छात्रवृत्ति, शैक्षिक शुल्क, अध्ययनपछिका अवसरलगायत विभिन्न विषयमा पूर्ण जानकारी लिन सक्ने हबले जनाएको छ ।

आगामी इन्टेकमा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई लक्षित गरेर हबले यो फेयरको आयोजना गर्न लागेको हो । फेयरमा सहभागी विद्यार्थीमध्ये केहीले आयल्स् र पिटिईमा शतप्रतिशत छुटसमेत प्राप्त गर्न सक्ने हबले जनाएको छ । लक्की ड्रमार्फत छनोट भएका विद्यार्थीले उक्त अवसर प्राप्त गर्ने हबले जनाएको छ ।

फेयरमा सहभागीमध्ये एक भाग्यशाली विद्यार्थीले स्मार्टफोन प्राप्त गर्ने हबले जनाएको छ । त्यसमध्ये केही विद्यार्थीले चलचित्र हेर्नका लागि कुपन र फुड भौचरसमेत प्राप्त गर्ने हबले जनाएको छ । उक्त फेयरको फाइनासेल एडभाइजरमा ग्लोबल आइएमई बैंक र आयल्स् पाटर्नरमा ब्रिटिस काउन्सिल रहेको छ ।

हब इन्टरनेशनल एजुकेशनले करिब दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । विदेशबाट उच्च शिक्षा पूरा गर्ने योजना बनाएका विद्यार्थीको चाहना पूरा गर्दै आएको यस संस्थाले विद्यार्थीलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता एजुकेशन फेयरहरूको आयोजना गर्दै आइरहेको छ ।



विद्यार्थी र शैक्षिक संस्थाबीचको दूरीलाई कम गर्नुका साथै विद्यार्थीलाई सत्य तथ्य जानकारी प्राप्त होस् भन्ने हेतुले हबले यस्ता खालका कार्यक्रम आयोजना गर्ने गरेको छ । हब इन्टरनेशनलले स्थापनाकालदेखि नै अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई सही मार्ग निर्देश गर्दै आएको छ ।

हब एजुकेशनले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।



शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस् रेटलाई पनि पूरा गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारीपाटी (ललितपुर), पोखरा, चितवन बुटवल र भैरहवामा यसका शाखा रहेका छन् । यसैगरी अष्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा पनि यसका शाखा कार्यालय रहेका छन् । 

  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया