logo-img

श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गरेका छन् ।

सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उनलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।

यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।

कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताएका छन् । 





  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया