logo-img

नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई हरायो

सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज  भएको  खेलमा बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि ममता चौधरीले सर्वाधिक  ३५ रन बनाइन् । 

यसैगरी, इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे । बागमतीका लागि खुसी डंगोलले १ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । 



बागमतीका लागि हेनिशा गुरुङले ३१ र खुसी डंगोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिफका लागि करुणा भण्डारीले चार विकेट लिइन् भने सीता रानामगरले दुई  विकेट लिइन् । 

यस जितसँगै एपिएफले २ खेलबाट ४ अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती अंकविहीन छ । 

बागमती पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ सँग ७ विकेटले पराजित भएको थियो ।



  • प्रकाशित मिति : वैशाख ३१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया