logo-img

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद् अवरोध गर्ने/नगर्नेबारे निर्णय लिने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सोमबार स्थगित संसदीय दलको बैठक आज बस्दैछ  । दलको बैठकअघि सभापति एवं दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक बोलाएका छन् ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको कांग्रेसले संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । तर, मंगलबार सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम भएकाले सोका लागि संसदमा अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा दलको बैठकले निर्णय लिनेछ । 

प्रमुख सचेतक रमेश लेखकले नीति तथा कार्यक्रममा कांग्रेसले अवरोध गर्ने वा नगर्ने भन्ने विषयमा बैठकले निर्णय लिने बताए । छानबिन समिति गठन गर्नुपर्ने मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएपनि त्यसबारे सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अडान राखेका छन् ।

कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठक पूर्णरुपमा अवरोध गरेको थियो । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार ६:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया