logo-img

आइपिएल प्लेअफ दौडबाट बाहिरियो गुजरात, आज दिल्ली र लखनउ भिड्दै

गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । गएराति हुने भनिएको कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो ।

खेल राति ७:४५ देखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने तालिका थियो । तर, वर्षाका कारण टससमेत हुन नपाइ खेल रद्द भयो । जारी सिजनमा पानीका कारण खेल रद्द भएको पहिलोपटक हो ।

गुजरातले १३ खेल खेल्दा पाँचमा जित, सात खेलमा हार तथा एक खेलमा अंक बाँडेको छ । अहिले ऊ ११ अंकसहित तालिकाको आठौँ स्थानमा छ । अब अन्तिम खेलमा जित निकाले पनि गुजरात प्लेअफमा पुग्ने छैन । योसँगै ऊ जारी सिजनको प्लेअफ दौडबाट बाहिरिने तेस्रो टिम बन्यो । 

यसअघि मुम्बई इण्डियन्स र पञ्जाब किंग्स पनि प्लेअफ यात्राबाट बाहिरिएका छन् । गुजरातसँग अंक बाँड्दा कोलकातालाई भने फाइदा नै भयो । ऊ अहिले १३ खेलबाट १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

आइपिएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सुरु हुनेछ ।

प्लेअफ यात्रा जीवित राख्न दिल्ली र लखनउका लागि आजको खेल महत्वपूर्ण छ । अहिले दिल्ली १२ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ तथा एक खेल कम खेलेको लखनउ १२ अंकसहित सातौं स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार ७:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया