logo-img

ला लिगाको दोस्रो स्थानमा उक्लियो बार्सिलोना

स्पेनिस ला लिगामा गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध २–० को जित निकालेको छ । बार्सिलोनाको जितमा लमिन यमल र राफिन्हाले एक–एक गोल गरे । 

खेलमा बार्सिलोनालाई लमिन यमलले सुरुवाती अग्रता दिलाएका थिए । उनले इल्के गुन्डोगनको पासमा खेलको ४०औँ मिनेटमा गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए । यो जितपछि ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

बार्सिलोनाले ३५ खेल खेलबाट ७६ अंक जोडेको छ । पराजित सोसिडाड समान खेलबाट ५४ अंकका साथ सातौं स्थानमा छ ।

 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार ७:१२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया