लामो समय कम्प्युटर चलाउनेलाई ‘टेनिस एल्बो’को खतरा, कसरी बच्ने ?

कम्प्युटर वा ल्यापटपमा लगातार काम गर्नेलाई ‘टेनिस एल्बो’ रोगको खतरा ज्यादा हुने देखिएको छ । पछिल्लो समय यो रोग लाग्नेमध्ये ४० प्रतिशत मानिस कम्प्युटरमा लामो समयसम्म टाइपिङ गर्ने छन् ।

डाक्टरहरुका अनुसार १० घन्टाभन्दा बढी कम्प्युटर वा ल्यापटपमा टाइपिङको काम गर्नेहरुमा यो रोग तीव्र रुपमा बढ्दै गएको छ ।

तल कुइनो राखेर किबोर्डमा लामो समयसम्म टाइप गर्दा वा माउस चलाउँदा मांसपेशीलाई हाडसँग जोड्ने भाग ‘टेन्डन’मा हल्का प्रहार हुन्छ । यो लगातार रुपमा भइरहे ‘रिपिटेटिभ स्ट्रेस इन्जुरी’का कारण टेन्डन दुख्न थाल्छ ।

यो अचानक नभई विस्तारै बढ्दै जान्छ । सुरुवातमा कुइनोमा मात्र दुख्छ, पछि तलमाथि फैलिन थाल्छ ।

टेनिस एल्बोका लक्षण 

  • कुइनोलाई चलाउँदा दुख्ने ।
  • ब्रस गर्दा, कपाल कोर्दा कुइनोनेर दुख्ने ।
  • ताला खोल्दा वा चियाको कप उठाउँदा दुख्ने ।


बच्ने उपाय 

  • १०–१० मिनेटमा विश्राम लिँदै टाइप गर्नुपर्छ ।
  • विश्रामका बेला नाडी र कुइनोको व्यायाम गर्नुपर्छ ।
  • नाडीलाई घुमाउने र कुइनोलाई तन्काउने गर्नुपर्छ ।
     


  • प्रकाशित मिति : बैशाख १, २०७६ आइतबार २१:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया