logo-img

६ गोल भएको खेलमा भिल्ला र लिभरपुलको रोमाञ्चक बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन–तीन गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो ।

१२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए । २३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो । 



पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफको सुरुमै (४८औं मिनेट) जेरेल अमोरिन क्वान्साहले हार्भे इलियटको पासमा गोल गरे । तर, निर्धारित समय सकिन अन्तिम पाँच मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमायो ।  

८५ औं मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरे । उनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ७९ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । 



  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया