लन्डन– इंग्लिस प्रिमियर लिगअन्तर्गत आज रातिको खेलमा लिभरपुलले चेल्सीलाई २–० ले हराएको छ । पटकपटक पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा चेल्सीले आफ्नै मैदानमा हार व्यहोर्यो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा भने लिभरपुलले दुई गोल गर्न भ्यायो । लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गरे ।
खेलको ५१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १–० गोलको अग्रता दिलाए । लगत्तै, दुई मिनेटमै सलाहले गोल थपेपछि लिभरपुलले २–० को अग्रता बनायो । बाँकी समयमा गोल हुन नसक्दा लिभरपुल २–० ले विजयी भयो ।
जितसँगै, लिभरपुल ३४ खेलबाट ८५ अंक बनाउँदै शीर्ष स्थानमा अडिग छ । समान खेल खेलेको चेल्सी भने ६६ अंकसहित चौथो स्थानमा छ । ३३ खेलबाट ८३ अंक बटुलेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । ३३ खेल खेलेको टोटेनह्याम ६७ अंकसहित तेस्रोमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।