logo-img

सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा, भोलि फैसला !

उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको सो मुद्दाको भोलि (बुधबार)लाई पेसी तोकिएको छ ।

अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ । हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । 

जिल्ला अदालत काठमाडौंले गत पुस २५ गते सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौंको फैसला चित्त नबुझेपछि सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया