logo-img

विनवार्ड्सविरुद्ध नेपालको सहज जित, दीपेन्द्र र सोमपालको उत्कृष्ट फिनिसिङ
फाइल तस्बिर

आसन्न टी–२० विश्वकपको तयारीका लागि क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ । नेपालले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजविरुद्ध ४ विकेटको जित निकालेको हो ।  

गएराति सम्पन्न खेलमा विनवार्ड्सले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले ७०, दीपेन्द्र सिंह ऐरीले अविजित ५२ र सोमपाल कामीले ३२ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् । 

नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा ३८ रन आवश्यक थियो । १९औँ ओभरमा दीपेन्द्रले चार छक्का प्रहार गर्दै यस ओभरमा २६ रन जोड्दै नेपाललाई जित नजिक पुर्याए ।

अन्तिम ओभरमा सोमपालले एक छक्का र एक चौकाका साथै दुई रन जोड्दै नेपाललाई ४ विकेटको जित दिलाए । यस्तै, यस खेलमा कुशल भुर्तेलले ७० रनको पारी खेले। नेपालले अब विनवार्ड्ससँग दोस्रो टी–२० बिहीबार खेल्नेछ। 



यो सिरिज खेलेपछि नेपाली टिम २१ मेमा अमेरिका फर्किनेछ । विश्वकपमा नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।  
 
 



  • प्रकाशित मिति : जेठ २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया