लुक्ला विमान दुर्घटना : राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत हेर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनाका सम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा गठित समितिमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य छन् भने पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरे सदस्यसचिव छन् ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा हिजो बिहान भएको जहाज दुर्घटनामा २ प्रहरीसहित ३ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

बिहान ९ बजेर २२ मिनेट जाँदा तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट ९–एन एएमएच कल साइनको समिट एयरको विमान रामेछापको लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरका हेलिकोप्टरसँग ठोकिएको थियो । 





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार ९:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया