भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले प्लेअफ पुग्ने झिनो आशा जीवितै राखेको छ । गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १९ रनले हराउँदै दिल्लीले प्लेअफको झिनो आशा जीवित राखेको हो ।
यो जितपछि ऊ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली प्लेअफमा पुग्न अब हैदराबादले पञ्जाब र गुजरातसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ । साथै, चेन्नईले बेंगलुरुलाई हराएको अवस्थामा दिल्लीको प्लेअफ यात्रा सम्भव छ ।
१४ खेल खेलिसकेको दिल्लीसँग अहिले १४ छ । दिल्लीले लखनउलाई हराउँदा राजस्थान रोयल्स प्लेअफमा पुगेको छ । जारी सिजनमा प्लेअफमा पुग्ने ऊ दोस्रो टिम हो ।
दिल्लीसँगको हारले लखनउको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ । उसले अन्तिम खेलमा निकै फराकिलो जित निकाले मात्र प्लेअफमा स्थान बनाउने झिनो आशा छ । अहिले ऊ १३ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।
आइपिएलमा आज राजस्थान र पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि गुवाहाटीमा सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।